Gossip Nepal

Gossips from Nepal

प्रचण्ड र “र” का एजेन्टबीच गोप्य सहमति July 31, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:25 pm

पाचौं विस्तारित बैठकको पर्ूवसन्ध्यामा माओवादी अध्यक्ष प्रचण्डले भारतीय गुप्तचर संस्था ‘र’ का उच्च पदस्थ एजेन्टसग सीमावर्ती बजार सिलगुडीमा गुप्त मन्त्रणा गरेका छन् । ‘भारतसगको सम्बन्ध सुधार्ने उद्देश्य’ले भएको सो भेटघाटकै प्रतिफल माओवादी नेतृत्वले आसन्न पाचौं विस्तारित बैठकमा भारतप्रति नरम नीति अंगाल्ने प्रस्ताव प्रस्तुत गर्ने भएको छ ।स्रोतअनुसार सिलीगुडी वार्तामा प्रचण्ड, डा. बाबुराम भट्टर्राई, राम कार्की र प्रवास ब्यूरो इन्चार्ज हरिभक्त कडेल -प्रतीक) सहभागी थिए भने ‘र’का तर्फाट टि हर्वीसले प्रतिनिधित्व गरेका थिए ।प्रि

m तिब्बत गतिविधि नियन्त्रण गरिदिने प्रलोभन देखाएर नेपालको माओवादीले चीनसग घनिष्टता बढाउन थालेपछि चिन्तित भारतीय गुप्तचर संस्था ‘र’ र त्यहाको आन्तरिक सुरक्षा अंग आइबी -इन्टलीजेन्स ब्यूरो)ले समेत माओवादी नेतृत्वलाई अनेक ‘च्यानल’मार्फ् दबाब दिदै आएको थियो । केही दिनअघि मात्र नेपाल भ्रमणमा आएका भारतका पर्ूव विदेशसचिव श्यामशरण, भारतीय जनता पार्टर्ीी नेता यशवन्त सिन्हा, भाकपा -मार्क्सवादी)का नेता सिताराम यचुरी र प्राध्यापक एसडी मुनीले ‘माओवादीको बढ्दो चीनपरस्त नीति’प्रति गम्भीर चिन्ता जाहेर गरेको बुझिएको छ । पछिल्ला दिनमा भारतले सकारात्मक सहयोग गर्न छाडेपछि माओवादीले ‘चाइना कार्ड’को प्रयोग गर्दै आएको थियो । भारतलाई ‘साइजमा ल्याउन’कै लागि माओवादीभित्र भारतविरोधी अर्थात् ‘राष्ट्रवादी’ धारको सक्रियता बढेको छ । केही दिनअघि मात्र मोहन वैद्य -किरण), रामबहादुर थापा -बादल) र नेत्रविक्रम चन्द -विप्लव)सहितको समूहले भारत र दरबार दुवैसग एकसाथ संर्घष्ा चलाउने प्रस्ताव अघि सारेको छ । (more…)

 

जासुसको घेराबन्दीमा माओवादी नेता July 31, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:49 am

जासुसको घेराबन्दीमा माओवादी नेता

काठमाडौं । नेकपा ९माओवादी० का जिम्मेवार नेता र जिम्मेवार पदमा बसेकाहरुले प्रयोग गर्दै आएको फोन अभmै पनि रेकर्डिङ हुने गरेको समाचार छ । अरुको त कुरै छाडौं, माओवादीका तफबाट अन्तरिम सरकारमा सामेल भएकाहरुले प्रयोग गनर्े फोन रेकर्डिङ हुने गरेको थाहा भएको छ । माओवादीको तफबाट अन्तरिम व्यवस्थापिकामा सामेल भएका प्रभावशाली सदस्यहरु, माओवादीका प्रायस् सबै केन्द्रीय सदस्यहरु, जनमुत्तmि सेनाका उच्च तहका कमान्डरको फोन रेकर्डिङ हुंदै आएको कुरा थाहा भएको छ । त्यसैगरी माओवादी सरकारमा गएपछि राजनीतिक नियुत्तmि दिइएका व्यत्तmिहरुले प्रयोग गनर्े फोन रेकर्डिङ गरिने गरिएको जानकार सूत्रको दाबी छ । नेपाली सेना, राष्टि्रय अनुसन्धान विभागले फोन रेकर्डिङ गनर्े काम गर्दै आएको दाबी सूत्रको छ । यसले गर्दा माओवादीप्रति अभmै ती संस्थाहरु युद्धकालीन अवस्थामा त्रिmयाशील रहेको प्रमाण्ाित भएको छ । फोन रेकर्डिङ काण्डले माओवादी र संसद्‍वादी ९मूलतस् नेपाली कांग्रेस० संगको अन्तर बढाउन भूमिका निर्वाह गनर्े आशंका लिइएको छ । शान्ति प्रत्रिmयामा समावेश भएर अन्तरिम व्यवस्थापिका र सरकारमा सामेल भइसकेपछि माओवादीले प्रयोग गरेको फोन रेकर्डिङको आैचित्यता कुनै कोण्ाबाट पनि प्रमाण्ाित हुनसक्ने अवस्थामा छैन । यसलार्इ अपराधको रुपमा लिनुपनर्े कुरा उठ्‍न थालेको छ

(more…)

 

निर्मलनिवासमा शुक्रबारे भोजकाठमाडौं July 31, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:44 am

काठमाडौं । निलम्बित राजा ज्ञानेन्द्रले सरकारलाई नै चुनौती दिदै आफ्नो हिरक जन्मोत्सवको अवसरमा भव्य भोज आयोजना गरेको महिना दिन नबित्दै गत शुक्रबार निर्मल निवासमा अर्को भोज सम्पन्न भएको छ । सो भोजको आयोजना भने राजा ज्ञानेन्द्रका छोरा पारसले गरेका थिए ।पारसले आप\mनो छोरा हृदयन्द्रको जन्मोत्सवको अवसरमा सो भोज आयोजना गरेका हुन् । हजुरबुबा राजा ज्ञानेन्द्रको तामझामका साथ आयोजना गरिएको भोजमा एकदमै कम व्यक्ति आएपछि नातिको भोजमा भने अलिक फरक रणनीति अख्तियार गरिएको थयो । भोजमा आउन सक्नेहरूलाई मात्र निमन्त्रणा कार्ड पठाइएको थियो र फोनबाट नै सहभागी हुनेहरूबारे कन्र्फम गरिएको थियो । भोजमा सहभागी प्रायः सबै राजावादी र केही पत्रकारहरू थिए । भोजमा सहभागी पत्रकारहरूको संयोजन कान्तिपुर टेलिभिजनका पत्रकार भूषण दाहालले गरेका थिए । अन्य सहभागीहरुमा समय साप्ताहिकका सम्पादक युवराज घिमिरे, एजेन्डा साप्ताहिकका सम्पादक सुरेश आचार्य, मनोरञ्जन जोशीलगायतका थिए । (more…)

 

आठ दललाई सीडीओको आदेश July 28, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:56 am

झापा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले सोही कार्यालयका पा“चजना पीडित कर्मचारीलाई असार ३२ गतेसम्म रमाना बुझ्न भनी अह्राएका छन् ।

उक्त कार्यालयका नायव सुब्बाहरूले गैरकानूनी ढङ्गबाट सरोकारविहीन व्यक्तिले गरेको सरुवा न्यायसम्मत नभएको भन्दै असार १२ गते सर्वोच्च अदालतमा रिट दायर गरेपछि सो धम्की दिइएको हो ।

जिल्ला अदालतका बाबुराम र्राई, काशीराज दाहाल, गोविन्द पौडेल, देवीप्रसाद दाहाल र दर्ुगाराज कार्कीले अख्तियारी नै नपाएका पुनरावेदन अदालत इलामका निमित्त रजिष्ट्रार ऋषिराम निरौलाले सरुवा गरेपछि सरुवाको बदरका लागि रिट हालेका थिए ।

पीडित कर्मचारी भन्छन्- ‘हाम्रो सरुवा सर्वोच्च अदालतबाटै जारी परिपत्रविपरीत भएको छ’ सर्वोच्च अदालतले कर्मचारीहरूलाई उनीहरूको बालबच्चा पढाउने समय र कार्यालयले गर्ने आन्तरिक मूल्याङ्कनलाई असर नपर्ने गरी चैत र असोज महिनामा सरुवा गर्नुपर्ने परिपत्र जारी गरेको थियो । तर, निमित्त पाएका निरौलाले जेठ ९ गते सरुवा गरेका थिए । जेठ ९ गते कम्प्युटरको फ्याक्समार्फ आएको सरुवापत्र असारको दोस्रो सातामा रमाना पत्रस“गै बुझाउन लाग्दा कर्मचारीहरूले आपत्ति जनाएका छन् । (more…)

 

दरबारमा अझै खेलाडीको डफ्फा July 28, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:54 am

राजाको ६०औं जन्मोत्सवका अवसरमा दिइएको भोजमा देशैभरिका राजावादीलाई निम्ता दिइए पनि सिन्धुपाल्चोकबाट भने सबैभन्दा ठूलो डप\mफा दरबार गएको थाहा भएको छ । राजालाई शुभकामना दिन मनोनीत जिविस पर्ूवसभापति नीलप्रसाद भण्डारी, उपसभापति दइन्द्रबहादुर ठकुरी संलग्न करिब पा“च सयको हुल नाराबाजी गर्दै एकैसाथ दरबार गएको थियो । तर, सो क्रममा खेलाडी, कलाकार र पर्ूवपञ्चहरूको नेतृत्व भने छुट्टाछुट्टै व्यक्तिले गरेका थिए ।

स्रोतका अनुसार वादोकाई करा“ते, जुडोका १ सय २५ जना खेलाडी आइतमान तामाङको नेतृत्वमा, घमेश दुलालको नेतृत्वमा प्रेमध्वज प्रधानसहित २७ जनाको गानाबजाना टोली दरबार गएको थियो । भोजमा सहभागी भएकाहरूस“ग राजाले ‘के छ, ठीक छ – भन्दै मुसुमुृसु मात्र हा“सिरहे,’ ठकुरीले भने । (more…)

 

तर्राईका घर घडेरी बिक्रीमा ः पहाडीहरू भाग्न थाले July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 1:17 pm

काठमाडौं / तर्राईमा विभिन्न माग राखी हिंसामा ओर्लेका समूहको आतंकका कारण पहाडीमूलका नेपालीहरू आतंकित भइ तर्राई छाड्न थालेका छन् ।

अपहरण, हत्या, चन्दा आतंक र ज्यान मार्ने धम्की पाउन थालेका पहाडीमूलका बासिन्दाहरूले आफ्ना घर घडेरीहरू सस्तो दरमा बिक्री गर्न थालेकोमा र्सवसाधारण चिन्तित भएका छन् ।

कतिपय घरहरूमा साइनबोर्ड राखी यो घर बिक्रीमा सूचना झुण्ड्याइएको छ । यसबाट “कार्की निवास”, “थापा घर”, “दाहाल बाटिका” र “श्रेष्ठ निवास” जस्ता घरहरूको ठाउ“मा यादव, गोइत, चौधरी, र्सराफ र कोइरी घर भएका व्यक्तिहरूको निवास हुन थालेको छ ।

नेपाली नागरिक देशको कुनै पनि ठाउ“मा सुरक्षित रूपमा बसोवास गर्न पाउने, घर जग्गा सम्पत्ति आर्जन गरी भोग चलन गर्न संवैधानिक अधिकार पाएता पनि केही उच्छृंखल तत्वको बद्मासी र आतंकित पार्ने कार्यले तर्राईमा बसोवास गर्ने नेपालीहरू आफ्नै देशमा शरणार्थी सरहको व्यवहार पाएकोमा चिन्ता र चासो बढेको पाइएको छ । (more…)

 

बेलायतको शंकास्पद भ्रमण July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:50 pm

काठमाडौं / नेपालमा द्वन्द्व चर्किंदै सरकारमा सहभागी आठ दल बीच कटुता बढ्दै गएको बेला नेपाली सेना हर्कतमा आएको छ । प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई जंगी अड्डामा बोलाएर सुरक्षाको ब्रिफिंग दिएपछि माओवादीहरूले सो कार्यप्रति असहमति जनाएको छ ।

देशमा सुरक्षाका लागि तैनाथ जनपद प्रहरी र सशस्त्र प्रहरीलाई मिच्ने गरी सेनाको काम कारवाही भइरहेको उनीहरूको दावी छ भने यस प्रकारको हर्कतको माओवादी नेताहरूले आलोचना गरेका छन् ।

माओवादी नेताहरूले प्रधानमन्त्रीलाई सेनाले पटक-पटक जंगी अड्डामा के व्रिफिंग गरेको हो शंका व्यक्त गर्दै सेनाको क्रियाकलाप रहस्यमय भएको चर्चा गर्दैछन् । (more…)

 

यसरी असफल भयो ह्वाइटहाउसको कालो कर्तुत July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:44 pm

विराटनगरबाट उच्च शिक्षाको खोजीमा आएका एसएलसी बोर्ड प्रथम सुजन सुवेदीलाई कब्जामा लिएर प्रलोभनमा पार्न हिमालयन ह्वाइट हाउस कलेज असफल भएको छ । सुजनलाई अपहरण गर्ने ह्वाइटहाउसको कुकृत्यलाई दृष्टि साप्ताहिकले गतांकमा पर्दाफास गरेपछि सुजनलाई मुक्त गर्न सो कलेज बाध्य भएको थियो ।

 समाचार प्रकाशित भएपछि आत्तिएका ह्वाइट हाउसका कार्यकारी प्रमुख युवराज शर्मा आफैंले सुजनलाई एभिन्युज टेलिभिजनमार्फ र्सार्वजनिक गरेको सम्बन्धित सञ्चारमाध्यमका संवाददाताहरुले जानकारी दिएका छन् । त्यस्तै कान्तिपुर टेलिभिजनमा गएर उनले सुजनलाई आफूले नलुकाएको स्पष्टीकरण दिएका थिए । अपहरण काण्ड दबाउन र आफूलाई चोखो सावित गर्न शर्माले विभिन्न पत्रपत्रिकामा स्पष्टीकरण छपाउ“दै आए पनि सुजनलाई प्रलोभनमा पार्न भने उनी असफल भएका छन् ।

सुजनले कोटेश्वरस्थित क्यापिटल कलेज रोजेका छन् । उनलाई प्रभावमा पार्न ह्वाइटहाउसका सञ्चालकहरु उनको घर विराटनगरसम्मै पुगेका थिए । विराटनगरमा अभिभावकलाई प्रभावमा पार्न नसकेपछि काठमाडौं आइपुग्ने बित्तिकै नियन्त्रणमा लिएर सुजनलाई फकाउने प्रयास गरिएको थियो । विराटनरस्थित हाम्रा संवाददाता मनोज श्रेष्ठका अनुसार, इडेन नेसनल सेकेन्डरी बोर्डिङ स्कुलबाट यस वर्षो एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका सुजनलाई आफ्नो कलेजमा पढाउन तम्सिएका कलेजहरुले उनलाई चर्को मानसिक यातना दिए ।

असार ३१ गते दिउ“सो तीन बजे एयरलाइन्सबाट आमा विमलाका साथमा काठमाडांै गएका सुजनले विभिन्न मानसिक यातना भोग्नुपरेको हो । ‘कसैले मेरो कलेजमा पढ्, यसो गर्दिन्छु उसो गर्दिन्छु भनेर दिक्क लगाए’- सुजनले भने, ‘जबर्जस्ती गर्नेहरुको कलेजमा गुणस्तरीय पढाइ हु“दैन, त्यही भएर आफैंले रोजेको कलेजमा पढ्छु । (more…)

 

ेवादी विस्तारित बैठक र सम्भावना July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:36 pm

रवीन्द्र श्रेष्ठ
नेकपा -माओवादी)को विस्तारित बैठक हुने समाचारले पार्टर्ीीजनसेना, शुभचिन्तक तथा अन्य शक्तिहरुबीच माओवादी पार्टर्ीीजनसेना र जनयुद्धको भविष्यबारे छलफल सुरु भएको छ । देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरु पनि कतै यस बैठकमा क्रान्तिकारी पक्ष हावी भई प्रचण्ड-बाबुरामको सुध्रिएको पक्ष पराजित हुने वा उतैतिर ढल्कने त होइन भनी सूक्ष्म दृष्टिले नियालिरहेका देखिन्छन् । अन्तर्रर्ााट्रय क्रान्तिकारी भाइचारा पार्टर्ीी यस बैठकले विगत केही समयदेखि प्रचण्ड बाबुरामले लिएको गलत बाटो र विचार सच्याएर क्रान्तिकारी बाटोमा फर्किने निर्ण्र्ाागरोस् भन्ने अपेक्षा गर्दै बसेका छन् ।

पार्टर्ीी जनसेना भित्र भने विस्तारित बैठक गर्ने निर्ण्र्ााे अन्तरसंर्घष्ाको बहुआयामिक स्वरुपलाई तीव्रता दिएको छ । एकथरि साथीहरु पार्टर्ीी अहिले लिइरहेको बाटो बाबुरामको भएको र प्रचण्ड त्यसमा तानिएको ठान्छन् । बाबुराम पक्षका कट्टर र्समर्थक यी साथीहरु बाबुरामनै पार्टर्ीी विचारक र सिद्धान्तकार ठान्छन् । यी साथीहरुको रणनीति बाबुरामलाई पार्टर्ीीे मुख्य नेता बनाउनु हो भने तत्कालको कार्यनीति प्रचण्डलाई नै नेता बनाएर नीति भने आफ्नो पारित गर्दै जानु र संगठनमा पकड कमजोर भएकोले संगठन कब्जा गर्न ध्यान केन्द्रित गर्नु रहेको छ । पार्टर्ीी अहिले लिइरहेको बाटो दक्षिणपन्थी छ र यसले प्रतिक्रान्ति गराइरहेको छ भन्ने क्रान्तिकारी साथीहरु भने विभाजित, असंगठित, नेतृत्वविहीन जस्तो स्थितिमा छन् । क्रान्तिकारी साथीहरुको एउटा पंक्ति प्रचण्डबाट अझै आशा गरिरहेका छन् र बाबुरामको दक्षिणपन्थी लाइनबाट छुटाएर क्रान्तिकारी लाइनमा ल्याउन सकिने आशमा प्रचण्डलाई तान्ने कार्यनीतिमा लागेका छन् । क्रान्तिकारी साथीहरुको अर्को पंक्ति प्रचण्ड पनि दक्षिणपन्थी भइसकेकोले अर्को नेताले क्रान्तिकारी पक्षको नेतृत्व गर्नुपर्ने आग्रह गर्दैछन् । अझ अर्को पंक्ति भने पहिलो पुस्ताका सबै नेताहरुले क्रमशः धोखा दि“दै गएकोले युवाहरुले पहलकदमी लिइ व्रि्रोहको झण्डा उठाउनु पर्ने छलफल गर्दैछन् र स्थानीय स्तरमा व्रि्रोह पनि गर्दैछन् । पार्टर्ीीत्र ‘वैशाखे माओवादी’हरु बाबुराम, प्रचण्ड र अरु छोटे राजाहरुको दलाली गर्दै अग्र र्समर्थक बन्न थालेका छन् । (more…)

 

उपरथी हुन दरबारिया सैनिकबीच मारामार July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:27 pm

काठमाडौं । नेपाली सेनामा रिक्त रहेका तीनवटा उपरथी पदमा बढुवा हुन सेनाभित्रका आधा दर्जन सहायक रथीबीच मारामार शुरु भएको छ । सेनामा तीन हप्ताअघि कुलबहादुर खड्का र अमर पन्त रथीमा वढुवा भई रिक्त रहेको दर्ुइ उपरथी पद र दरबारका एडिसी टिका धमलाको तीन वर्षो कार्यकाल अवधि पूरा भई म्याद नथपिएका कारणबाट रिक्त भएको एक गरी हाल तीन उपरथी पद रिक्त रहेको छ । सो पदमा बढुवा हुन हिजो राजाको निरंकुशकालमा राजाका सारथी भई सिङ्गो मुलुकलाई नै निरंकुशता, र्सवसत्तावाद र भ्रष्टाचारको आहालमा डुबाई मालामाल बनेका सहायक रथी नेपाल भूषण चन्द, नेत्रविक्रम थापा, यमबहादुर थापा मगर, दिलिप शमशेर जबरा, दिलिप रायमाझी, लोकबहादुर थापा मगर ज्यान फालेर सुजाता कोइराला र प्रधानमन्त्रीका रक्षा सल्लाहकार रमेशजंग थापाको चाकरीमा थैली कबोल्दै पुग्ने गरेका छन् (more…)