Gossip Nepal

Gossips from Nepal

त्यसको जिम्मेवारी ज्वाला सिंहले लिएकाले त्यस घटनामा फोरम दोषी छैन:उपेन्द्र यादव July 19, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:05 pm

माओवादीसँग प्रत्यक्ष टकराव पर्न थालेपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव अर्धभूमिगत छन् । यही अवस्थामा उनी अमेरि का गएर गत साता फर्के । अनि, नेपाल का लागि सीताराम बर ालसँग भने, “जनतान्त्रिक समूहबाट मधेसी जनता दिक्क भएका छन् ।” फोरमलाई अमेरिकी समर्थन रहेको आशङ्का गरिएकै बेला तपाइर्ं सुटुक्क अमेरिका पुगेर आउनुभयो, किन ?

मलाई अमेरिकी सरकारले बोलाएको होइन । म त्यहाँका नेपालीहरूको संस् थाको निम्तोमा गएको हुँ । बरु दूतावासले समयमै भिसा नदिएकाले निर्धारित तिथिभन्दा एक सातापछि मात्र पुग्न सकेँ  । जहाँसम्म मधेस आन्दोलनको कुरा छ, यो नेपाली जनताले चलाएको आन्दोलन हो, अमेरिका वा भारतले होइन ।

अमेरिकामा कस्ता मान्छेहरूसँग भेट भयो त ?

डेमोक्रेटिक पार्टीका स्थानीय नेताहरूसँग भेट भएको हो, त्यो पनि त्यहाँ बसोवास गर्ने नेपालीहरूको पहलमा ।

यहाँ अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीलाई भेट्ने गर्नुभएको रहेछ । कस् तो कुराकानी हुन्थ्यो ?

उनले सार्वजनिक रूपमा जे भन्ने गरेका थिए, मसँग पनि त्यही भन्थे । संविधानसभा निर्वाचन शान्तिपूर्ण रूपले भएको, नेपालको लोकतान्त्रिक प्रक्रिया सफल रूपले अघि बढेको देख्न चाहेका छौँ भनेका थिए उनले ।

अमेरिकाले किन मधेसमा माओवादी बढ्दा खतरा देखेको होला ?

अमेरिकाले माओवादीबाट खतरा देखेको छ भन्नु त जङ्गलको शेरलाई खरायोबाट खतरा छ भनेजस्तै हो । अन्तरिक्ष्ा युद्धको तयारीमा लागेको अमेरिका दुई-चारवटा हतियार भएको माओवादीसँग डराउनुपर्ने कारण के छ र ?

फोरम माओवादीविरुद्ध कसैबाट प्रयोग भएजस्तो लाग्दैन ?

जब आन्दोलन हुन्छ, त्यसबाट अनेकथरी मान्छेले फाइदा लिन खोज्छन् । यस् ता तत्त्वहरूले माओवादीलाई भड्काउने कोसिस गरे । यस्ता घटनाबाट हामीले शिक्ष्ाा लिनुपर्छ । माओवादी, हामी र अरू सबै लोकतान्त्रिक शक्तिहरूले त्यसबाट बच्ने कोसिस गर्नुपर्छ, नत्र देशले नकारात्मक परिणाम भोग्नुपर्छ ।

मधेसमा माओवादी बढ्दा भारतलाई खतरा हुने देखेर षड्यन्त्र भएको हो भन्ने माओवादी तर्कबारे के भन्नुहुन्छ ?

नेपालबाट भारतलाई कुनै खतरा छैन ।

नेपालमा अस्थिरता सिर्जना गर्न मधेस आन्दोलन भारतको निर्देशनमा भएको आशङ्कासमेत गरिन्छ । फोरम र भारतबीचको सम्बन्ध के हो ?

यदि मधेस आन्दोलन भारतको निर्देशनमा भएको भए यतिबेला नेपालको भौगोलिक स्वरूप नै बदलिसक्थ्यो । अर्को कुरा, आफ्नो अधिकारका लागि मधेसी जनता त्यो आन्दोलनमा मर्न तयार भए  । अमेरिका, भारत वा चीनले उक्साएको आन्दोलन भएको भए यसरी मर्न तयार हुन्थे ? हिजो प्रतिकूल परिस् िथतिका कारण काङ्ग्रेसदेखि माओवादीसम्मका नेताहरू भारतमा बसेकै हुन् । तर, हामी भारतमा रहँदा मात्र किन नियतमाथि नै प्रश्न उठाइन्छ ?

सशस्त्र गतिविधि गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाले पनि भारतमा आश्रय पाएजस्तो लाग्दैन ?

को कहाँ बस्छ भन्नुभन्दा कसको नीति के हो, त्यसले के गर्न खोजिरहेको छ, त्यो महत्त्वपूर्ण हो । नेपालका अपराधीहरू भारतमा र भारतका अपराधीहरू नेपालमा प्रशस्त मात्रामा बसेका छन् ।

अमेरिका जानुअघि तपाईंहरूले जनतान्त्रिक मोर्चाहरूसँग पटनामा संयुक्त बैठक गरेर देश टुक्र्याउने मुद्दामा छलफल गर्नुभयो । के तपाईं पनि विखण्डनकारी राजनीतिमा लाग्नुभएको हो ?

कसैको नीति होला, देश विभाजन गर्ने भन्ने । तर, देशमा देखापरेका समस्याहरूको समाधान नेपाल देशको सार्वभौमसत्ता र अखण्डतालाई आँच नपुग्ने गरी खोज्नुपर्छ भन्ने हाम्रो मान्यता हो । सङ्घीय शासन प्रणाली र स्वायत्तता हामीले नेपालभित्रै खोजेका हौँ, नेपालबाट अलग्गिएर होइन । हामी देश विभाजनको कल्पना पनि गर्न सक्दैनौँ । मधेसमा सशस् त्र सङ्घर्ष गर्ने जनतान्त्रिकलगायतका सङ्गठनहरूको नीतिप्रति हाम्राे सहमति छैन । मधेसको विभेदको अन्त्य शान्तिपूर्ण सङ्घर्षबाट गर्नुपर्छ । नेपाल देशभन्दा बाहिर गएर समाधान खोज्नु बेकारको कुरा हो ।

पटना बैठकमा ज्वाला सिंहले ँअब उपेन्द्रबाट हामी आशा गर्न सक्दैनौँ, त्यसैले नेतृत्व रामराजाप्रसाद सिंहले लिइदिनु पर्‍यो’ पनि भनेछन् होइन ?

जसरी फोरमबाट जनतान्त्रिकले कुनै आशा गरेन, हामी पनि जनतान्त्रिकबाट कुनै आशा गर्न सक्दैनौँ । जनतान्त्रिकले मधेसको आन्दोलनलाई सकारात्मक तरिकाले अगाडि बढाउला भन्ने हामीलाई लाग्दैन । हाम्राे बाटो अलगअलग छ ।

फोरम र जनतान्त्रिकबीचको सम्बन्ध के हो त ?

कुनै सम्बन्ध छैन । मधेसका कतिपय सङ् गठनहरू माओवादीबाट उछिट्टएिर बनेका छन् । कतिचाहिँ कहाँबाट-कहाँबाट जन्मेका छन्, त्यसको ठेगान छैन । के प्रयोजनका लागि त्यस्ता सङ्गठन खडा गरिएको हो, त्यो पनि थाहा छैन ।

सम्बन्ध छैन भने फोरमका कार्यक्रमलाई ँकभर’ बनाएर जनतान्त्रिकका दुवै समूहले माओवादीमाथि भएका आक्रमणको जिम्मा के आधारमा लिन्छन् त ?

हामी हाम्राे कार्यक्रममा त्यस्ता सङ्गठन नआऊन्, उनीहरूले गर्नुछ भने अलग कार्यक्रम गरून्, घुसपैठ नहोस् भन्छौँ  । तर, हामीले नचाहँदा-नचाहँदै दुर्घटना हुन पुग्छन् । सस्तो लोकपि्रयताका लागि कतिपय समूहले त्यसको जिम्मा लिन्छन् । त्यस्ता दुर्घटना हुँदा वक्तव्य निकालेर आफ्नो प्रचार गर्ने र शक्तिशाली देखिने होड मधेसमा चलिरहेको छ ।

गौर नरसंहारबारे के भन्नुहुन्छ ?

त्यसको जिम्मेवारी ज्वाला सिंहले लिएकाले त्यस घटनामा फोरम दोषी छैन भन्ने देखिन्छ । समग्रमा भन्दा गौर घटना हामीविरुद्धको षड्यन्त्र हो । फोरमलाई जनतान्त्रिकजस्तै हिंसामा उत्रिएको सङ्गठन हो भनेर देखाउन र हामीलाई मूलधारबाट अलग्याउन त्यो घटना गराइयो ।

गौरमा तपाईं जाने प्रचार हुनु तर नजिकै भएर पनि नजानु र अन्त्यमा माओवादीको संहार हुनुले त्यो घटना तपाईंहरूबाटै नियोजित रूपले भएको देखिन्न र ?

घटना हुँदा म त्यहाँ होइन, काठमाडौँमा थिएँ  । त्यसदिन गौरमा पचासौँ हजारको ‘मास’ थियो । त्यस् तो मासमा कस्ता खालका मानिस छिरेका छन् भन्ने थाहा हुन्न । माओवादीले फोरममाथि आक्रमण गर्ने निर्णय नगरेको भए त्यो घटना हुने पनि थिएन । दोस्रो, दोषी प्रशासन हो । किनभने, त्यस्तो घटना हँुदैछ भन्ने प्रशासनलाई थाहा थियो ।

फोरममा रहेका दरबारिया पृष्ठभूमिका मान्छेबारे के भन्नुहुन्छ ?

फोरममा दरबारियाहरूलाई कुनै ठाउँ छैन । हाम्राे आन्दोलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि हो ।

प्रधानमन्त्री-पुत्री सुजातासँग हिजोआज निकै कुराकानी हुँदोरहेछ है ?

उनी नेपाली काङ्ग्रेसकी नेतृ हुन् । म उनलाई चिन्छु । उनले पनि मलाई चिन्छिन् । पहिले उनीसँग कहिलेकाहीँ भेट हुन्थ्यो ।

गृहमन्त्री हटाउनुपर्ने फोरमको माग त्यस्तै भेटघाटको उपज हो ?

काङ्ग्रेसका दुईतिहाइ केन्द्रीय सदस्यहरूको पनि माग हो यो । गिरिजा -प्रसाद कोइराला) समेतले हामीसँगको कुराकानीमा -गृहमन्त्री सिटौलालाई) बोकेर हिँड्नुको प्रयोजन छैन भनेका हुन् । व्यक्तिगत रूपमा उनी राम्रा र सज्जन होलान्, हिजो वार्तामा राम्राे भूमिका पनि खेलेका थिए होलान्  । तर, गृहमन्त्रीको रूपमा उनले मधेस आन्दोलनमाथि दमन गरे, शान्तिसुरक्ष्ाा पनि कायम राख्न सकेनन् । त्यसैले, हामीले राजीनामा मागेका हौँ  ।

ँवाईसीएल’ माथि प्रतिबन्ध लगाउनुपर्ने मागचाहिँ कति तर्कसङ्गत छ ?

उहाँ -माओवादी) हरूले पनि फोरममाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्नुभयो । यस स्थितिमा हामीले वाईसीएलमाथि प्रतिबन्धको माग गर्नु अस् वाभाविक होइन । अहिलेका सरकारप्रमुखले नै वाईसीएललाई ‘क्रिमिनल लिग’ भनेर नामकरण गरिदिनुभएको छ । ‘क्रिमिनल लिग’ ले कि आचरण बदल्नुपर्‍यो कि त्यसका गतिविधि रोक्नुपर्‍यो  । माओवादी यसरी नै गइरहने हो भने संविधानसभाको निर्वाचन हुन सक्दैन, लोकतन्त्र पनि रहन्न । त्यसैले, माओवादी साँच्चिकै लोकतान्त्रिक हुनुपर्छ ।

यस्तै माग जनतान्त्रिक मोर्चाका सवालमा किन गर्नुहुन्न ?

जनतान्त्रिकले पनि आचरण सुधार्नुपर्छ । उसको सङ्घर्षको तौरतरिकाले मधेसको आन्दोलनलाई सकारात्मक असर पारेको छैन । बरु, उनीहरूबाट मधेस आन्दोलनको बदनाम भइरहेको छ । जनतान्त्रिकलगायतका शस्त्रधारी समूहबाट मधेसी जनता दिक्क भएका छन् । सबै समूहहरू राष्ट्रिय राजनीतिको मूलधारमा आउनुपर्छ ।

फोरम आफैँचाहिँ मूलधारको राजनीतिमा छ त ?

हामी मूलधारकै राजनीतिमा छौँ । संविधानसभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पार्टीका रूपमा दर्ता हुनु यसको प्रमाण हो ।

फोरमका पुराना धेरैले छाडिसके, यसको कारण के हो ?

पहिले फोरममा विभिन्न राजनीतिक दलका मानिस थिए । तर, अहिले फोरम आफैँ राजनीतिक दल बन्यो । ती साथीहरूले आफ्नै दलको राजनीति गर्ने हो भने फोरममा रहनुको कुनै अर्थ रहेन  ।

सरकारले तपाइर्ंहरूको माग कति पूरा गर्‍यो ?

केही मागमा सहमति भएको छ तर कार्यान्वयन भएको छैन । जस्तै- सहिदहरूलाई क्ष्ातिपूर्ति दिने, घाइतेहरूलाई उपचार गर्ने, मुद्दा खारेज गर्ने, मधेसी, आदिवासी, जनजातिहरूलाई समानुपातिक प्रतिनिधित्व गराउने आदि ।

फोरमको आँखाबाट हेर्दा मङ्सिरमा संविधानसभाको चुनाव सम्भव छ ?

अहिले सरकारमा न चुनावका लागि चाहिनेे तदारुकता देखिन्छ, न त आवश्यक तयारी भएको छ । चुनावका लागि चाहिने प्रमुख कुरा भनेको शान्तिसुरक्ष्ााको प्रत्याभूति हो । यसका अलावा आन्दोलनरत पक्ष्ाहरूसँग वार्तामा बसी सहमति कायम गरेर चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्छ । तर, यी काम भइरहेका छैनन् ।

more.www.ekantipur.com

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s