Gossip Nepal

Gossips from Nepal

सेनाको ब्यारेकबाट भागेर भारतमा July 19, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:08 pm

पद्मशमशेरपछि मोहनशमशेर ‘श्री ३’ भए । हामी एउटा सुविधासम्पन्न बङ्गलामा बन्दी थियौँ । क्यान्सर भएकाले बीपीलाई रहिा गरसिकिएको थियो । हामी थुनामै थियौँ । बीपी फर्केर काठमाडौँ

आएपछि फेर िपक्राउ पर्नुभएछ । अहिलेको सेन्ट्रल जेलनजिक तबेला जस्तोमा उहाँलाई राखिएको थियो । बीपी जेल परेको हामीलाई थाहा थिएन । उहाँ जेल परेको खबर आयो । हाम्रो स्वास्थ्य परीक्षण गर्दै आएका डाक्टरले एक जना आर्मीको मानिसका साथमा हामीलाई दिन भनेर एक सिसी औषधि पठाए ।

हामीले औषधि त मगाएका थिएनौँ । किन पठाए भन्ने लाग्यो । त्यो औषधि खन्याउँदा एउटा सानो कागजको टुक्रा फेला पर्‍यो । त्यसैमा लेखिएको थियो- बीपी पक्राउ पर्नुभयो । हामीलाई विश्वास लागेन । झूटो समाचार हुनसक्ने आशङ्कामा अनशन गनेर् विचार त्याग्यौँ ।

यस्तैमा एक राती एक जना प्रहरी अधिकारी आए । मैले उनको नाम बिर्सें अहिले । उनले भने, “महाराजबाट बोलावट भएको छ ।” हामीले सोध्यौँ, “कस-कसलाई बोलाएको छ ?” उनले तारण्िाी दाजु र मलाई बोलाएको बताए । त्यसबेला बीपीले रहिाइको माग गर्दै अनशन सुरु गर्नुभएको थियो ।

राती ११-१२ बजेको समयमा सिंहदरबारस्थित मोहनशमशेरको दरबारमा पुग्दा उनी दुई छोराहरूका साथमा थिए । हामीलाई लिएर जाने प्रहरी अधिकारी भुइँमा बिछ्याइएको कार्पेटमा थचक्क बसेर भने, “आउनुहोस् बसौँ ।” हामी भुइँमा बस्न मानेनौँ । श्री ३ मोहनशमशेर आफैँले भने, “ए यिनीहरू यस्तोमा बस्छन्/बस्दैनन्, कुर्सी ल्याइदेऊ ।” हलुवाई पसलमा राख्नेजस्ता दुइटा टिनका कुर्सी ल्याइदिए । त्यहीँ बस्यौँ ।

मोहनशमशेरसँग कुरा सुरु भयो । त्यतिबेला भारतीय नेता डा राममनोहर लोहियाले टेलिग्राम पठाएर आफू नेपाल आउने भनेका रहेछन् । हुन त त्यस्ता अरू पनि थुप्रै टेलिग्राम आएका रहेछन् ।

मोहनशमशेरले रसिाउँदै टेलिग्रामको मुठा हाम्रो अगाडि फालिदिए । उनी भन्दै थिए, “यस्तो पनि गर्ने हो ? विदेशीले हामीलाई दबाब दिने ?”

टेलिग्रामको एउटा कागज मेरो नजिक आइपुग्यो । उठाएर हेरेको त लोहियाको रहेछ ।

त्यसमा लेखिएको थियो, “म नेपाल आउँदैछु, जहाज ल्यान्ड गर्ने अनुमति दिनुपर्‍यो ।” त्यतिबेला भर्खर एयरपोर्ट बनेको थियो । लोहियाको टेलिग्रामले हामीलाई ढाडस दियो । मोहनशमशेरको

दरबारभित्रै रहँदा हामीले सुन्याँै, प्लेन ल्यान्ड गर्न सक्छ कि सक्दैन भनेर उनीहरूले कुरा गरेको ।

मोहनशमशेरले भने, “यिनीहरूलाई भोलि दाजुसँग भेटाइदिनू ।” रातको १२ बजिसकेको थियो । हामीले भन्यौ ँ, “हामी सान्दाजुलाई एक्लै भेट्छौँ ।” मोहनशमशेरले भने, “ल-ल दाजुभाइको कुरा हुन्छ । एक्लैमा भेट्न दिए हुन्छ ।” बीपीको अनशन टुटाउने कुरा उनीहरूले गरेका थिए । भोलिपल्ट बीपीलाई भेटाउन उहाँलाई थुनामा राखेको ठाउँमा लगियो । जेलभित्र सान्दाजु एउटै ठूलो कम्मल ओछ्याएर र ओडेर सुत्नुभएको थियो । यसो हात समाउ“m भनेको त सिक्रीले बाँधेको पो रहेछ । गोडा र कम्मरमा पनि सिक्री थियो । बाफ रे बाफ ! त्यो देखेपछि त मलाई एकदमै रसि उठेर आयो । मैले भनेँ, “तारण्िाी दाजु, हामी पनि यहीँ अनशन सुरु गरौँ । अब बङ्गलामा जाने होइन ।”

सान्दाजुले त्यसो नगर्न भन्नुभयो, “तिमीहरू जाऊ, अनशन बस्दा राम्रो हँुदैन ।” अनि, एक्लैमा लोहिया आउन लागेको बतायौँ र भन्यौँ, “अब चिन्ता गर्नुपर्दैन, अन्तराष्ट्रिय समुदायको चासो बढेको छ ।”

हामी त्यहाँबाट निस्कियौँ । एक जनाले भने, “बाबुहरूलाई टुँडिखेल र बजार घुमाइदेऊ ।” ‘धेरै दिन भो तपाईंहरू जेल बसेको, यसो घुमौँ न’ भन्यो । मैले ‘हुन्छ, घुमाउनूस्’ भनँे । तर, टुँडिखेल घुमाएर फेर िहामी लाई जेलमा लगियो । त्यहाँ पुगेको त बीपीको हातखुट्टामा बाँधिएको सिक्री फुकाल्दै थिए । फलामले हानेर खोल्नुपर्ने रहेछ, त्यो सिक्री त !

यस क्रममा दुई-तीनपटक मोहनशमशेरसँग भेट भयो ।

विराटनगरबाट आमा, बहिनी र भाउजूहरू सबै आउने खबर आयो ।

हामीलाई उहाँहरू यो-यो ठाउँमा पुग्नुभयो भन्ने पटकपटक खबर दिइरहेका थिए ।

भोलिपल्ट फेर िहामीलाई सान्दाजु थुनेको ठाउँमा लगे । मैले ‘यता हो’ भनेर अघिल्लो दिन थुनेको ठाउँतिर जान खोजँे तर सुरक्षाकर्मीहरूले भने, “होइन यता-यता ।” उनीहरूले एकै रातमा बीपीका लागि तीन कोठाको नयाँ घर बनाइसकेका रहेछन् । कसरी बनाए कुन्नि, त्यति छिटो !

सान्दाजुका लागि एउटा सुत्ने कोठा, अर्को हामी कुरुवाहरूका लागि र अर्को एउटा पानी आदि राख्नका लागि कोठा बनाइएको रहेछ । सान्दाजु अनशनमै हुनुहुन्थ्यो ।

सुरक्षाकर्मीहरू परविारजन आएको खबर दिँदै थिए । एकैछिनमा केटाकेटीको कलबल सुनियो ।

आमा, भाउजू, बहिनी सबै आएका थिए । भेट गराए । त्यही दिन सान्दाजुलाई हामी बसेको ठाउँमा सारयिो । त्यसपछि डाक्टरहरूले हेरेर क्यान्सर भएको बताएपछि उहाँ छुट्नुभयो ।

सान्दाजु जेलमा हुँदा गणेशमानजीले महात्मा गान्धीकहाँ गएर भन्नुभएछ, बीपीलाई क्यान्सर भएको छ । छुटाउन प्रयास गर्नुपर्‍यो । गान्धीले भनेछन्, “आन्दोलनमा त के ही मान्छे त मर्छन् पनि ।” गणेशमानजी त स्पष्टवक्ता, जङ्गिनुभएछ । भन्नुभएछ, “यहाँ -भारतमा) पो धेरै नेता छन् । हामीकहाँ त त्यही एउटा नेता हो । मर्‍यो भने कसरी काम गर्ने ?”

अनि, गान्धीले ‘हुन्छ त बीपीलाई छुटाउने प्रयास गर्छु’ भन्दै नेपालको पैदल यात्रा गर्ने घोषणा गर्नुभएछ । यो कुराले नेपालमा ठूलो हलचल उत्पन्न भयो । यी सब घटनाक्रमपछि सान्दाजु रहिा हुनुभएको हो ।

हामीसँगै जेल परेका सान्दाजु दुईपटक छुट्नुभयो तर तारण्िाी दाजु र म फेर िपनि मुक्त भएनौ ँ । हामी त जहाँको तहीँ । अनि, हामीले पनि अनशन गर्नुपर्‍यो, त्यसको छ-आठ महिनापछि मात्र तीन वर्षको बन्दी जीवनबाट हामी छुट्यौँ ।

म जेलबाट छुटेर विराटनगर त आएँ तर २००७ साउनमा फेर िपक्राउ परँ े । राजनीतिक मानिसले राजनीतिका कुरा त गर्ने नै भयो । मलाई समाएर विराटनगरमै से नाको ब्यारेकमा राखियो । घरबाट खाना आउँथ्यो ।

समय बित्दै जाँदा अब क्रान्ति हुन्छ भन्ने थाहा पाएँ । मलाई लाग्यो, क्रान्तिको समयमा थुनामै रहेँ भने त म बेकम्मा हुने भएँ । आन्दोलनमा मैले पनि भाग लिनैपर्छ भन्ने लाग्यो ।

अनि, म सेनाको ब्यारेकबाट कसरी भाग्ने भन्ने योजना बनाउन थालेँ । खाना ल्याउने मानिसले बाहिरबाट खबर ल्याउने र मेरो खबर पुर्‍याउने काम गर्थे । मेरो पहराका लागि स्टेनगन लिएर ढोकामा चार जना सिपाही बसेका हुन्थे । तीन-चार तलामाथिको कोठामा राखिएको थियो । झ्याल-ढोकातिर हेर्थें । तर, भाग्ने उपाय थिएन । अनि, मलाई लाग्यो, कुनै न कुनै बहाना त बनाउनैपर्‍यो । ब्यारेकमा धेरै बसिसकेकाले सबैसँग राम्रो हेलमेल थियो । मैले भनेँ, “ब्यारेकको चर्पी एकदमै गन्दा छ, म यसमा जान सक्दिनँ, अबदेखि बाहिरै जान्छु ।” तराईतिर त मान्छेहरू बाहिर जाने गर्छन् । अनि सुरु भयो, हरेक साँझ बाहिर दिसा गर्ने रुटिन ।

झाडीमा जानुपर्ने र त्यहाँ सर्पको डर हुने भएकाले साथमा लट्ठी लिएर जान्थे ँ । दिसा जाँदा पनि चार जना सिपाहीको पहरा हुन्थ्यो ।

यस्तैमा मैले घरमा खबर पठाएँ, “मलाई खाकीको पाइन्ट, जुत्ता र पाइयो भने खाकीकै गन्जी पठाइदिनू ।” त्यो आयो । भाग्ने मिति तय भयो । विश्वबन्धु -थापा) सँग सम्पर्क भयो । उनले भने, “म फलानो ठाउँमा ठीक यस समयमा घोडा ल्याएर राखिदिन्छु । त्यसमै चढेर भागौ ँला । ” भाग्ने मान्छेले घडी हेर्ने कुरा भएन । विश्वबन्धुले बजे भने, म त भाग्ने मान्छे, मैले मौका हेरेँ । दिसा गर्ने बेला साथमा लिएको लट्ठी गाडिदिएँ र विस्तारै लगाएको कमिज लट्ठीमा झुन्ड्याइदिएँ । पाइजामा पनि फुकालेँ, भित्र हाफ पाइन्ट थियो नै । अनि, चर्पीको पछाडि हँुदै भाग्न लागे ँ । गोली हाने भने पनि छेलिन्छ भनेर चर्पीको आड लिएको हँु ।

त्यहाँबाट निस्केर सडकमा पुगेँ । त्यहाँ त दिनभरकिो हटिया हेरेर त्यही ब्यारेकको सैनिक अफिसर आइरहेको रहेछ । ऊसँग जम्काभेट भयो ।

मलाई देखेर ऊ टक्क अडियो, म पनि उभिएँ । एकैछिनमा म दक्षिणतिर दौडिहालँे । उसले सिटी फुक्यो । सैनिकहरू मलाई समाउन दौडिए ।

म बिजुलीको पोलैपोल दौडिन थालेँ । सेना पनि मेरो पछिपछि पोलतिरैबाट आइरहेको थियो । भएन अब गाउँतिर लागौँ भनेको त कुकुर भुक्न थाले । सेना आएको सङ्केत पाएँ । थकाइ लागेर लखतरान भएको थिएँ । अनि, परालको कुन्यूमा लुक्छु, सक्दिनँ भन्ने लाग्यो । परालभित्र घुसँ े र परालले नै आफूलाई पूरै छोपँे ।

उनीहरू आए र हेरे । उनीहरूको टर्च मधुरो भइसकेको रहेछ । उनीहरू आपसमा कुरा गर्थे, कहाँ पुगिसक्यो होला, हामीलाई दुःख मात्र । अब फर्किनुपर्छ ।

जब उनीहरूको आवाज आउन छोड्यो अनि म निस्के ँ । मैले सोचे ँ, गाउँतिर जाउ“m कुकुर भुक्छ ।

अब पोलैपोल जानुपर्‍यो । उठेँ र बत्तीको पोल हेर्दै दौडिएँ । म भारतको बथनाहा स्टेसनमा पो पुगेछु ।

रेल क्रसिङ् नजिक एउटा सानो फुसको घर रहेछ ।

त्यहीँ गएँ । त्यो क्रसिङ्को चौकीदारले मलाई चोर ठानेछ क्यारे, पक्रन खोजेको थियो । मैले ‘म चोर होइन, नेपालबाट यसरी भागेर आएको’ भनेर सबै सुनाएँ । अनि, उसले डोरीको खाट बिछ्याइदियो र पानी दियो ।

मैले भने ँ, “मलाई जोगवनी जानुछ । कताबाट जाने हो ?” उसले सोध्यो, “जोगवनी कसकोमा ?” मैले भनँे, “फेकन चौधरी ।” उनी समाजवादी थिए । उसले ‘रेलको लिगको बाटैबाटो जाऊ, जोगवनी पुग्छ’ भन्यो । लाइनैलाइन गएको त रेल लाइनको सुरक्षाका लागि खटिएका सु रक्षाकर्मीले समाइहाले । सान्दाजुले भर्ख र दिनुभएको घडी थियो, डायल चम्किने । हिलै हिलो भएकाले मान्छेले यस्तो घडी कसरी लगायो भनेर मलाई चो र ठानेछन् । मैले आफू नेपालबाट भागेर आएको र जोगवनी जान लागेको बताएँ । उसले सोध्यो , “त्यहाँ कसलाई चिनेको छ ?” मै ले भनेँ, “फेकन चौ धरी ।” सुरक्षाकर्मी ले भने, “ए चल ।” उसैले फेकन चौधरीको घरमा लग्यो । चौधरीले मलाई देख्नेबित्तिकै भने, “देखो गिरजिाबाबु आ गए ।” उनैले भने, “विराटनगर में इतना हङ्गामा हो रहा है ।” अनि, त्यहीँ नुहाएँ । उनैका कपडा लगाएर बसेँ ।

म ब्यारेकबाट भागेपछि स्टेनगनको गोली चलेको थियो । त्यो आवाज हाम्रो घरसम्म सुनिएको रहेछ ।

प्रस्तुति ः जगत नेपाल

-प्रधानमन्त्री कोइरालाको आत्मकथा कान्तिपुर टेलिभिजनमा ँआफ्नो इतिहास, आफ्नै वृत्तान्त’ कार्यक्रम अन्तर्गत हरेक सोमबार राती ९ः३० बजे प्रसारण हुन्छ । आगामी अङ्कको आकर्षण ः

ँम कसरी फोटोग्राफर बनेँ ?’, ँलडाइँमा मैले गोली कसरी चलाएँ ?’

more weekly in Nepal magzine.

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s