Gossip Nepal

Gossips from Nepal

‘मैले सच्चा आमा गुमाएँ:मनीषा कोइराला July 20, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:15 am
वनयाँ पत्रिका
काठमाडौं २ साउन

 नेपाली काखमा हुर्केकी अभिनेत्री मनीषा कोइरालाले भारतलाई कर्मथलो बनाउँदै आएकी थिइन् तर अब उनी सात समुद्रपारि युरोपेली जीवनशैलीबाट लोभिन थालेकी छिन् ।
हजुरआमा सुशीलाको निधनको शोकमा काठमाडौं आएकी उनले अब भारतको बसाइँ छोट्टुउने योजना सुनाइन् । ‘बिदामा’ रहेको बताउने मनीषाले
नयाँ पत्रिकासँग अर्को महिनादेखि फ्रान्समा बस्ने खुलासा गरिन् ।
‘सुशीलाआमा नबित्नुभएको भए म यतिबेला फ्रान्समा हुन्थें’- उनले भनिन् ‘तैपनि योजना बदलिएको छैन अगस्तमा म फ्रान्स पुगिसक्छु ।’
उनले फ्रेन्
man20030703-1_1024-768.jpgच खानाका विविध परिकारले आकर्षित गरेको बताइन् । अहिले फ्रेन्च भाषाको तालिम लिइरहेको र फ्रान्समै बस्न थालेपछि भाषामा पनि सुधार आउने विश्वास उनले लिएकी छिन् ।
उनले फ्रेन्च परिकार बनाउने तालिम भने उतै लिने भएकी छिन् । यसरी फ्रेन्च जीवनशैली रोज्नुमा नितान्तै व्यक्तिगत रुचिबाहेक अन्य केही नभएको मनीषाले बताइन् ।
उनी युरोप किन जाँदै छिन् फिल्म खेल्न अथवा घरजम गर्न उनले खुलाइनन् । तर फ्रेन्च भाषा मात्रै होइन परिकार बनाउने तरिका पनि सिक्दै छिन् भने कारण पक्कै गम्भीर छ ।
बलिउडमा अहिले मनीषा कम चलचित्रमा काम गरिरहेकी छिन् । नयाँ अभिनेत्रीलाई पनि मौका दिनुपर्नेमा आफु दृढ रहेको बताउँदै मनीषाले आफ्नो व्यक्तित्वलाई नयाँ किसिमबाट उजागर गर्ने योजना बनाएकी छिन् । ‘तर इन्डियासित मेरो कुनै प्रुस्टेसन छैन त्यो मेरो कर्मभूमि हो सधैं पूजा गर्छु’ उनले भनिन् ।

कुराकानीका क्रममा मनीषाले धेरै समय हजुरआमाको सम्झना गरिन् । स्व। कोइरालाले मनीषालाई मणिपुरी र भरतनाट्यम् नृत्य सिकाएकी थिइन् । ‘म तीन वर्ष हुँदा आफ्नै काखमा राखेर सिकाउनुभएको हो’ उनले भनिन् ।
नृत्यमा पोख्त भए पनि सानो हुँदा मनीषालाई सार्वजनिक कार्यक्रममा सहभागी हुन परिवारले बन्देज लगाएको थियो । हजुरबुबा बिपीको व्यक्तित्वलाई नसुहाउने भनी परिवारका अन्य सदस्यले उनलाई मनोराजनको क्षेत्रमा जान रोक्ने प्रयास गरेका थिए ।
‘तर सुशीलाआमाले तिमीलाई जे गर्न मन लाग्छ गर म कसैलाई केही भन्न दिन्नँ भन्नुभएको झल्झली सम्झिरहेकी छु’ उनले भनिन् ।
मनीषाअभिनीत पहिलो नेपाली चलचित्र ‘फेरि भेटौंला’ हो भने हिन्दीमा चलचित्र सौदागर हो । यी दुवै चलचित्र सफल मानिन्छन् ।
करिअर सुरु भएपछि कोइराला परिवारको राजनीतिक प्रतिष्ठासँग गाँसेर कतै विरोध त कतै सहयोग गरिएको पनि मनीषाले सम्झिइन् । ‘सुशीलाआमाकै कारण म टिकेकी हुँ मेरी आमाले भन्दा धेरै माया गर्नुहुन्थ्यो’ उनले भनिन् ।
सुशीला कोइरालाको निधनपछि उनी काठमाडौं आउन ढिला भएकामा दुःखी छिन् । भनिन् ‘अन्तिमपल्ट अनुहार हेर्ने धोको थियो सकिनँ ।’
उनले ‘सुशीलाआमा’को निधनको खबर ढिलो पाएको बताइन् । खबर पाएलगत्तै क्लब एयरको ट्विनअटर विमान चार्टर गरेकी मनीषा काठमाडौं विमानस्थलमा ओर्लंदा हजुरआमा सुशीलाको पार्थिव शरीरमा उनकै पिता प्रकाश कोइरालाले दागबत्ती दिइसकेका थिए ।
हजुरआमाको निधन आफ्नो जीवनको सबैभन्दा दुःखको क्षण भएको पनि उनले बताइन् । ‘मैले सच्चा आमा गुमाएँ’ भावविह्वल हुँदै उनले भनिन् ।

Advertisements
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s