Gossip Nepal

Gossips from Nepal

उपरथी हुन दरबारिया सैनिकबीच मारामार July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:27 pm

काठमाडौं । नेपाली सेनामा रिक्त रहेका तीनवटा उपरथी पदमा बढुवा हुन सेनाभित्रका आधा दर्जन सहायक रथीबीच मारामार शुरु भएको छ । सेनामा तीन हप्ताअघि कुलबहादुर खड्का र अमर पन्त रथीमा वढुवा भई रिक्त रहेको दर्ुइ उपरथी पद र दरबारका एडिसी टिका धमलाको तीन वर्षो कार्यकाल अवधि पूरा भई म्याद नथपिएका कारणबाट रिक्त भएको एक गरी हाल तीन उपरथी पद रिक्त रहेको छ । सो पदमा बढुवा हुन हिजो राजाको निरंकुशकालमा राजाका सारथी भई सिङ्गो मुलुकलाई नै निरंकुशता, र्सवसत्तावाद र भ्रष्टाचारको आहालमा डुबाई मालामाल बनेका सहायक रथी नेपाल भूषण चन्द, नेत्रविक्रम थापा, यमबहादुर थापा मगर, दिलिप शमशेर जबरा, दिलिप रायमाझी, लोकबहादुर थापा मगर ज्यान फालेर सुजाता कोइराला र प्रधानमन्त्रीका रक्षा सल्लाहकार रमेशजंग थापाको चाकरीमा थैली कबोल्दै पुग्ने गरेका छन्

। तर सेनामा लोकतान्त्रिक छवि भएका सहायक रथी शिवराम प्रधान, डम्बरसिंह गुरुङ र रामबहादुर गुरुङलाई बढुवा नगरी मण्डले जर्नेललाई बढुवा गर्ने बलाधिकृत रथी अमर पन्त, प्रधानसेनापति रुक्मांगद कटवाल र रक्षा सल्लाहकार थापा मरिमेटेर लागेका छन् । उता भावी प्रधानमन्त्री सेनापतिको रोलकोलका लागि कटुवालले मण्डले उपरथीहरू पवनजंग थापा, अनिलजंग थापा, तोरणबहादुर सिंह, गौरव शमशेर जबरालाई पार्ने र जनताका छोरा र कथित थापा, बस्न्यात, शाह, ठकुरी, सिंह र शाही नभएकै आधारमा तत्कालीन रथीहरू खड्का र पन्तलाई लाइनबाट हर्टाई फेरि थापा, सिंह र राणाका हातमा सेनाको लगाम सुम्पिएर लोकतन्त्रमाथि खतराको घन्टी बजाउने दुष्प्रयास शुरु गरेका छन् । आफूलाई जनताके छोरो, पिछडिएको वर्ग, उपत्यकाबाहिरको र तल्लो वर्गको लोकतान्त्रिक व्यक्तित्वसमेत बताउ“दै आएका प्रधानसेनापति कटुवालले फेरि नजानिंदो हिसाबले धर्मभाइ ज्ञानेन्द्र शाह पक्षका परम्परागत भारदारलाई सैनिकको बागडोर सुम्पनेजस्तो प्रतिगामी, पुनरुत्थानवादी, निरंकुश र सामन्ती कार्यको प्रारम्भिक षड्यन्त्र शुरु गरेकोमा सेनाको उच्च तहमा व्यापक आक्रोस बढेको छ ।

नेपाली सेनाको प्रतिगामी नेतृत्वविरुद्ध सेनाका रथी खड्का, उपरथीहरू ठाकुर सुब्बा, राजेन्द्र थापा, छत्रमान सिंह गुरुङ, यादव रायमाझी, वज्र गुरुङ, शरद न्यौपाने, अनन्त थेवेले प्रधानसेनापतिकै सामुन्ने असन्तुष्टि व्यक्त गरेको समेत बुझिएको छ ।

Advertisements
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s