Gossip Nepal

Gossips from Nepal

तर्राईका घर घडेरी बिक्रीमा ः पहाडीहरू भाग्न थाले July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 1:17 pm

काठमाडौं / तर्राईमा विभिन्न माग राखी हिंसामा ओर्लेका समूहको आतंकका कारण पहाडीमूलका नेपालीहरू आतंकित भइ तर्राई छाड्न थालेका छन् ।

अपहरण, हत्या, चन्दा आतंक र ज्यान मार्ने धम्की पाउन थालेका पहाडीमूलका बासिन्दाहरूले आफ्ना घर घडेरीहरू सस्तो दरमा बिक्री गर्न थालेकोमा र्सवसाधारण चिन्तित भएका छन् ।

कतिपय घरहरूमा साइनबोर्ड राखी यो घर बिक्रीमा सूचना झुण्ड्याइएको छ । यसबाट “कार्की निवास”, “थापा घर”, “दाहाल बाटिका” र “श्रेष्ठ निवास” जस्ता घरहरूको ठाउ“मा यादव, गोइत, चौधरी, र्सराफ र कोइरी घर भएका व्यक्तिहरूको निवास हुन थालेको छ ।

नेपाली नागरिक देशको कुनै पनि ठाउ“मा सुरक्षित रूपमा बसोवास गर्न पाउने, घर जग्गा सम्पत्ति आर्जन गरी भोग चलन गर्न संवैधानिक अधिकार पाएता पनि केही उच्छृंखल तत्वको बद्मासी र आतंकित पार्ने कार्यले तर्राईमा बसोवास गर्ने नेपालीहरू आफ्नै देशमा शरणार्थी सरहको व्यवहार पाएकोमा चिन्ता र चासो बढेको पाइएको छ ।

सरकार भने भत्ताखोर मन्त्रीहरूको खोक्रो आश्वासनमा अड्केको छ । हजारौं वर्षेखि मिलेर बस्दै आएका तर्राईवासीहरू बीच केही मुठ्ठीभर आतंककारी समूहले हतियारको आडमा आतंकित पार्न खोजेका छन् ।

तर्राईवासी नेपालीहरू पनि मिलेर बस्न चाहेका छन् तर लुट मच्चाउन चाहने विखण्डनवादी गु्रपको ताकत अगाडि तर्राईवासी नेपालीहरू पनि आतंकित छन् । सरकारले जो जहा“ भए पनि नेपालको भू-भागमा सुरक्षित रूपमा बस्न पाउने वातावरणका साथ सुरक्षा प्रबन्ध मिलाउनु पर्ने आजको आवश्यकता हो

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s