Gossip Nepal

Gossips from Nepal

बेलायतको शंकास्पद भ्रमण July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:50 pm

काठमाडौं / नेपालमा द्वन्द्व चर्किंदै सरकारमा सहभागी आठ दल बीच कटुता बढ्दै गएको बेला नेपाली सेना हर्कतमा आएको छ । प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई जंगी अड्डामा बोलाएर सुरक्षाको ब्रिफिंग दिएपछि माओवादीहरूले सो कार्यप्रति असहमति जनाएको छ ।

देशमा सुरक्षाका लागि तैनाथ जनपद प्रहरी र सशस्त्र प्रहरीलाई मिच्ने गरी सेनाको काम कारवाही भइरहेको उनीहरूको दावी छ भने यस प्रकारको हर्कतको माओवादी नेताहरूले आलोचना गरेका छन् ।

माओवादी नेताहरूले प्रधानमन्त्रीलाई सेनाले पटक-पटक जंगी अड्डामा के व्रिफिंग गरेको हो शंका व्यक्त गर्दै सेनाको क्रियाकलाप रहस्यमय भएको चर्चा गर्दैछन् ।

यसैबीच प्रधान सेनापति रुक्मांगद कटवाल साता व्यापी भ्रमणमा आइतबार बेलायत प्रस्थान गर्नु भयो । काठमाडौंमा सेनाले “कू” गर्ने हल्ला चलेको बेलामा उहा“को यो भ्रमण भएको हो । काठमाडौंमा छ“दा कटवालले प्रायः कमलपोखरीस्थित बेलायती भिसा कार्यालयमा गोप्य रूपमा बेलायती राजदूतस“ग मन्त्रणा गर्दै आउनु भएका प्रधान सेनापतिको यो भ्रमणलाई नेपालको वर्तमान संकटस“ग जोडेर हर्ेन थालिएको छ ।

सेनाले “कू” गर्न लागेको बखत प्रधान सेनापति बेलायत पुगेर आफू अनुकूलको वातावरण पैदा गर्ने प्रयत्नशील रहेको चर्चा छ । भारत जानु अघि नै कटवाल बेलायत पुगेर विदेशीलाई सेनाले गर्न लागेको कारवाहीमा सघाउन समेत आग्रह गरेको श्रोतले जनाएको छ । यद्यपि जंगी अड्डाले यो भ्रमणका बारेमा अन्य विवरण दिन चाहेको छैन ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s