Gossip Nepal

Gossips from Nepal

माओवादी मन्त्रीका सुरक्षामा सेना, प्रधानमन्त्री अनभिज्ञ July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:07 am

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी मन्त्रीहरूका सुरक्षा गार्ड बदल्ने योजनाबारेमा आफूलाई पनि अगाडि नै थाहा नभएको बताउनुभएको छ।

सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा आफूलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका पाँचै जना माओवादी मन्त्रीलाई प्रधानमन्त्रीले सो जबाफ दिनुभएको हो।

‘प्रधानमन्त्रीलाई पनि यसबारेमा अगाडि नै थाहा नभएको बुझियो’प्रम कोइरालालाई भेटेलगत्तै सार्क सूचना केन्द्रको एक कार्यक्रम उदघाटन गर्न पुग्नुभएका सञ्चारमन्त्री महराले सञ्चारकर्मीहरूसँग भन्नुभयो।

उहाँले त्यसबारेमा प्रधानमन्त्रीले सेनासँग बुझने जानकारी गराउनुभएको पनि बताउनुभयो। निर्वाचन आचारसंहिता लागू हुनुपूर्व नै केही नियुक्तिहरू सम्पन्न गरिसक्नुपर्नेबारेमा पनि ध्यानाकर्षा गराएको बताउँदै मन्त्री महराले भन्नुभयो‘प्रधानमन्त्रीले सकारात्मक जबाफ दिनुभएको छ।’

उहाँले संवैधानिक अंगका पदाधिकारी, राजदूत, विश्वविद्यालयका पदाधिकारी लगायतको छिटो टुंगो लगाइनुपर्ने, कर्मचारीहरूको हेरफेर मिलाउनुपर्ने बजेट विनियोजन असन्तुलित भएको विषयमा पनि आफूहरूले कुरा राखेको उल्लेख गर्नुभयो।

माओवादी सरकारमा गएपछि पनि ठोस काम हुन नसकेको भन्ने जनगुनासो आइरहेको भन्नेबारेमा पनि प्रधानमन्त्रीलाई बताइएको उल्लेख गर्दै महराले पीडितहरूलाई एकपक्षीय ढंगले मात्रै राहत वितरण गरिएको, बेपत्ता पारिएका नागरिकको हकमा गम्भीरता नदेखाइएको समेत प्रमलाई जानकारी दिइएको उल्लेख गर्नुभयो।

बन्दी छुटाउन आग्रह

उहाँहरूले भेटका क्रममा माओवादी बन्दीहरू अझै नेपाल, भारत चीनका जेलमा समेत रहेको उल्लेख गर्दै उनीहरूलाई छुटाउन सरकारले पहल गर्नुपर्ने समेत प्रधानमन्त्रीसँग कुरा उठाउनुभएको थियो।

यसै गरी विभिन्न जिल्लामा माओवादीविरुद्ध अझै पक्राउ पुर्जी जारी गरिएको प्रसंगमा समेत माओवादीमन्त्रीले असन्तुष्टि पोखेका थिए।

सञ्चारकर्मीसँग कुरा गर्नुअघि उहाँले ‘सहस्राब्दी विकास लक्ष्यका सम्बन्धमा सार्क विकास लक्ष्य’ विषयक कार्यशालाको उदघाटन गर्दै दक्षिण एसियाको हितका लागि सार्क स्थापना भएको चर्चा गर्नुभयो।

कार्यक्रममा सूचना तथा सञ्चार सचिव शंकरप्रसाद कोइराला सार्क सूचना केन्द्रका निर्देशक मुकुन्द आचार्यले समेत बोल्नुभएको थियो।

Advertisements
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s