Gossip Nepal

Gossips from Nepal

माओवादी महाधिवेशनको तयारीमा July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:26 pm

काठमाडौं । दश वर्षो सशस्त्र जनयुद्ध त्यागी १२ बु“दे दिल्ली सम्झौता गर्दै वार्ता, शान्ति सम्झौताका मााध्यमबाट अन्तरिम संविधान जारी गर्दै अन्तरिम व्यवस्थापिका संसद् र अन्तरिम सरकारमा सामेल भएको नेकपा -माओवादी)ले मध्य श्रावण महिनामा आफ्नो पा“चौं महाधिवेशन -विस्तारित बैठक) गर्ने अन्तिम तयारी गर्दै रहेको थाहा भएको छ ।

नया“ जनवादी क्रान्ति सफल नहु“दै संशोधनवादी नेकपा -एमाले)को प्रवृत्ति, कार्यशैलीको अनुसरण गर्दै संसदीय भासमा जाकिन पुगेको भन्दै माओवादी नेता, कार्यकर्ताहरूले माओवादी अध्यक्ष क. प्रचण्ड, शर्ीष्ास्थ नेता डा. बाबुराम भट्टर्राई, रामबहादुर थापा मोहन वैद्य, सिपी गजुरेल, पोष्टबहादुर बोगटी, नेत्रविक्रम चन्द, सिपी गजुरेल, टोपबहादुर रायमाझी, वषर्ामान पुन, कृष्णबहादुर महरा, देव गुरुङ, दिनानाथ शर्मा, जनार्दन शर्मा, चन्दप्रसाद खनाल, नन्दकिशोर पुनको व्यापक विरोध र आलोचना गर्दै जनव्रि्रोह गर्न नेतृत्व पंक्तिलाई तीव्र दबाब दिंदै अएको सर्न्दर्भमा हुन लगेको माओवादी महाधिवेशनले भावी माओवादी नीति तथा कार्यक्रम तय गर्ने हिसाबले धेरै महत्त्वपर्ूण्ा हुने सूत्रहरूले बताएका छन् ।

माओवादी हाइकमाण्ड मोहन वैद्य, रामबहादुर थापा, सिपी गजुरेल, नेत्रविक्रम चन्दले क्रान्तिकारी नेताले क्रान्तिलाई अधुरै छाडी संशोधनवादको बाटो समातेको आरोप लगाउ“दै आएका छन् ।

उनीहरूले मंसिर ६ गते पनि दरबारिया र भारत, अमेरिकी वैदेशिक तत्त्वहरूले संविधानसभा निर्वाचन हुन नदिने षड्यन्त्र गरेकाले त्यो मितिमा पनि जेठमा जस्तै संविधानसभा निर्वाचन हुने र फेरि ०६५ वैशाखको मिति सार्ने हु“दा तेस्रो जनआन्दोलन वा जनव्रि्रोह गरेर सम्पर्ूण्ा रूपमा सामन्तवाद, सामन्तवादी राजतन्त्र र यथास्थितिवादी शक्तिलाई समाप्त गरी जनवादी गणतन्त्र स्थापना गर्नुपर्ने विचार राख्दै आएका छन् । वैद्य, गजुरेल, चन्द र थापाको यो विचारका पछाडि सबै क्षेत्रीय ब्यूरो सदस्य, जिल्ला ब्यूरो र जनमुक्ति सेनाका कमाण्डरहरू रहेका छन् ।

उनीहरूले यो विचारलाई विस्तारित बैठकबाट पारित गरी आगामी मंसिरदेखि सम्पर्ूण्ा रूपमा राजतन्त्रको अन्त्य गर्न आठ दलको कार्यगत एकता र संयुक्त मोर्चा एवम् जनताको तागतमा राजदरबार एवम् राजपरिवारमाथि धावा बोल्ने नीति पास गर्ने सम्भावना छ ।

यस्तै किसिमको प्रशिक्षण कार्यक्रम हालै राजधानीमा सञ्चालन भएको छ । प्रशिक्षणमा मोहन वैद्यले माओवादी क्रान्ति वा सशस्त्र व्रि्रोहद्वारा नै नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन चाहन्छ ।

त्यसका लागि फेरि एक पटक अन्तिम लडाइ“ लड्न तपाईंहरू तयार हुनुहोस् भन्दै उच्चस्तरीय कार्यकर्ता प्रशिक्षणमा बताएका छन् । यसले माओवादीभित्र संशोधनवाद र उग्रपन्थीबीच कडा संर्घष्ा चर्किएको देखाएको छ । प्रचण्डले संशोधनवादको धार समाएको कार्यकर्ताहरूको आरोप छ ।

बजेटबाट जनता उपेक्षित सुरक्षाखर्च ९ अर्ब

काठमाडौं । आठ दलको अन्तरिम सरकारले निलम्बित राजा ज्ञानेन्द्र शाह, राजपरिवार र दरबारका कर्मचारी एवम् दरबारको मर्मतसम्भारका नाममा रु. १२ करोड ५० लाख विभिन्न तीन शर्ीष्ाकको बजेटमा राखेको कुरा अर्थमन्त्री डा. रामशरण महतले स्वीकार गरेका छन् ।

डा. महतले पत्रकार सम्मेलन गरी निलम्बित राजा र राजपरिवारको भत्ताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शर्ीष्ाकमा रु. २ करोड ५० लाख दरबारका कर्मचारीको तलबभत्ताका लागि सामान्य प्रशासन मन्त्रालयको शर्ीष्ाकमा रु. ८ करोड र दरबारको मर्मतसम्भारका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयका नाममा रु. २ करोड गरी कुल १२ करोड ५० लाख रूपैया“ छुट्याएका छन् ।

सरकारले आगामी आर्थिक वर्षा लागि गत बिहीबार संसद्मा रु. १ खर्ब ६८ अर्ब ९९ करोड ५६ लाखको बजेट प्रस्तुत गरेको छ । जसमध्ये रु. ९३ अर्ब ७४ करोड ३० लाख ४५ हजार र विकास खर्चतर्फ रु. ७५ अर्ब २५ करोड २५ लाख ५५ हजार, वैदेशिक तथा आन्तरिक सा“वा ब्याज भुक्तानीतर्फरु. १५ अर्ब ५६ करोड १४ लाख २७ हजार विनियोजन गरेको छ ।

राजस्व परिचालनतर्फआन्तरिक स्रोत परिचालनबाट ९९ अर्ब ६० करोड ५९ लाख ५६ हजार, वैदेशिक अनुदानबाट रु. २७ अर्ब ५६ करोड ९ लाख १४ हजार र वैदेशिक ऋणबाट रु. १७ अर्ब ३६ करोड ७४ लाख ४४ हजार परिचालन गरिनेछ ।

यसपालिको बजेट रु. १ खर्ब ५८ अर्बको सीमाभित्र बनाउने योजना अयोगले सुझाव दिएको थियो तर कर्मचारीको तलब २७ प्रतिशत वृद्धि गरिएकाले ६ अर्ब बढी दायित्व थपिन पुगेको थियो भने संविधानसभा निर्वाचनका लागि ३ अर्ब ५० करोड, शान्तिकोषमा १ अर्ब, पुनर्निर्माणमा १ अर्ब ८ करोड र सुरक्षा निकायलाई थप ३ अर्ब बजेटको थप व्यवस्था गर्नुपरेकाले बजेटको आकार १० अर्ब बढ्न गएको छ ।

यो बजेटप्रति उद्यमी, व्यवसायी र अर्थविद्हरूले मिश्रति प्रतिक्रिया दिएका छन् ।

बजेट महत्त्वाकांक्षी र संविधानसभा निर्वाचनमुखी भएको बताएका छन् ।

सरकारले माओवादी मन्त्रालयमा एकएक अर्ब बजेट वृद्धि गरेको छ भने ३ सय २९ जना सांसदलाई निर्वाचन क्षेत्र विकसका लागि जनही २०-२० लाख रकम विनियोजन गर्ने पर्ूव कार्यक्रमलाई निरन्तरता दिएको छ । बजेटले उद्योगी, व्यापारी र कर्मचारी वर्ग मात्र खुसी भएका छन् भने राष्ट्रका अरु क्षेत्रलाई बजेटले खासै छुन सकेको छैन । आठ दलको खिचडी बजेट भएकाले पनि होला बजेटले खासै नया“ कुरा ल्याउन सकेको पाइएन । तर पनि विगतका बजेटभन्दा यो बजेट धेरै राम्रो रहेको छ ।

Advertisements
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s