Gossip Nepal

Gossips from Nepal

यसरी असफल भयो ह्वाइटहाउसको कालो कर्तुत July 27, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:44 pm

विराटनगरबाट उच्च शिक्षाको खोजीमा आएका एसएलसी बोर्ड प्रथम सुजन सुवेदीलाई कब्जामा लिएर प्रलोभनमा पार्न हिमालयन ह्वाइट हाउस कलेज असफल भएको छ । सुजनलाई अपहरण गर्ने ह्वाइटहाउसको कुकृत्यलाई दृष्टि साप्ताहिकले गतांकमा पर्दाफास गरेपछि सुजनलाई मुक्त गर्न सो कलेज बाध्य भएको थियो ।

 समाचार प्रकाशित भएपछि आत्तिएका ह्वाइट हाउसका कार्यकारी प्रमुख युवराज शर्मा आफैंले सुजनलाई एभिन्युज टेलिभिजनमार्फ र्सार्वजनिक गरेको सम्बन्धित सञ्चारमाध्यमका संवाददाताहरुले जानकारी दिएका छन् । त्यस्तै कान्तिपुर टेलिभिजनमा गएर उनले सुजनलाई आफूले नलुकाएको स्पष्टीकरण दिएका थिए । अपहरण काण्ड दबाउन र आफूलाई चोखो सावित गर्न शर्माले विभिन्न पत्रपत्रिकामा स्पष्टीकरण छपाउ“दै आए पनि सुजनलाई प्रलोभनमा पार्न भने उनी असफल भएका छन् ।

सुजनले कोटेश्वरस्थित क्यापिटल कलेज रोजेका छन् । उनलाई प्रभावमा पार्न ह्वाइटहाउसका सञ्चालकहरु उनको घर विराटनगरसम्मै पुगेका थिए । विराटनगरमा अभिभावकलाई प्रभावमा पार्न नसकेपछि काठमाडौं आइपुग्ने बित्तिकै नियन्त्रणमा लिएर सुजनलाई फकाउने प्रयास गरिएको थियो । विराटनरस्थित हाम्रा संवाददाता मनोज श्रेष्ठका अनुसार, इडेन नेसनल सेकेन्डरी बोर्डिङ स्कुलबाट यस वर्षो एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका सुजनलाई आफ्नो कलेजमा पढाउन तम्सिएका कलेजहरुले उनलाई चर्को मानसिक यातना दिए ।

असार ३१ गते दिउ“सो तीन बजे एयरलाइन्सबाट आमा विमलाका साथमा काठमाडांै गएका सुजनले विभिन्न मानसिक यातना भोग्नुपरेको हो । ‘कसैले मेरो कलेजमा पढ्, यसो गर्दिन्छु उसो गर्दिन्छु भनेर दिक्क लगाए’- सुजनले भने, ‘जबर्जस्ती गर्नेहरुको कलेजमा गुणस्तरीय पढाइ हु“दैन, त्यही भएर आफैंले रोजेको कलेजमा पढ्छु ।

सुजनले अन्ततः साउन २ गते क्यापिटल कलेज एण्ड रिर्सच सेन्टर -सीसीआरसी­­) पढ्ने निधो गरे । त्यसअघि सेन्ट जेभियर्समा पनि पढ्ने कि भनेर मन लगाएका थिए सुजनले । ‘तर त्यहा“ पनि नपढ्ने भनेपछि सुजनलाई सीसीआरसीले निःशुल्क खान, बस्न र पढ्न दिने भनेकाले त्यही“ भर्ना गरिदियौं’- आमा विमलाले भनिन् ।

मध्यमवर्गका सुजन काठमाडांै पुगेपछि एकै ठाउ“मा समेत बस्न सकेका छ्रैनन् । शंखमूलमा डेरा बस्दै आएकी फुपू दिदी यशोदा ढुंगानाको छोरा सुजन ढुंगाना त कहिले अंकल धीरज, सुमन सुवेदीको चावहिलस्थित डेरामा बसे भने कहिले चावहिलमा रहेका ठुलो बुबा विष्णु सुवेदी, लोकन्थलीमा रहेका मामा विशाल खनालकोमा बसेका थिए ।

काठमाडांै एयरपोर्टमा लिन आइपुगेका आमा छोरास“गै हिंड्न नपाई ह्वाइट हाउसका युवराज शर्माले नियन्त्रणमा लिई आफ्नो कजेलमा पढ्न दबाब दिएका थिए । कलेजले यसरी विद्यार्थीहरुलाई विभिन्न प्रलोभन र स्किमसहितको विज्ञापन गर्न थालेपछि माध्यामिक शिक्षा परिषद्ले केही प्लसटुलाई कारवाही गर्ने प्रक्रियासमेत अघि सारेको छ । ‘कलिलो मानसिकताका विद्यार्थीहरुको मानसिक चिन्तासमेत बढ्ने गर्छ’- इडेन स्कुलका सहायक प्रिन्सिपल शरण प्रधानले भने । साधारण सुविधा भएको इडेनका छात्र सुजनले ९३ दशमलव २५ प्रतिशत अंक ल्याई आफूलाई बोर्ड फस्ट भएको दावी गरेका हुन् ।

यता, बिना सम्बन्धन सञ्चालित कार्यक्रमका ४५ विद्यार्थी ह्वाइट हाउसको ठगी धन्दाका शिकार भएका छन् । उक्त कलेजले बिना सम्बन्धन होटल मेनेजमेन्ट र बायोटेक्नोलजी विषयमा अध्यापन गराइरहेको छ । कलेजले पर्ूवाञ्चल विश्वविद्यालयको सम्बन्धन रहेको झुटो प्रचार गरेर विद्यार्थीलाई फसाएको थियो । बायोटेकका विद्यार्थी सुमित भण्डारी भन्छन्- ‘सम्बन्धन छ भनेर सुरुमा भर्ना लियो । अहिले रजिष्ट्रेसनसमेत भर्न पाएका छैनौं ।’ विद्यार्थीहरुका अनुसार गत चैतमा हुनुपर्ने पहिलो सेमेस्टरको जा“च अझै हुन सकेको छैन । ‘हामीले सोध्दा एक महिनामा जा“च हुन्छ भने तर आज चार महिना बितिसक्दा समेत टुंगो छैन’- छात्रवृत्तिमा पढेको बताउने अर्का छात्रले नाम नछाप्ने शर्तमा दृष्टिस“ग दुःखेसो पोख्दै भने- ‘हामी ठगियौं । अब हाम्रो उद्धार कसले गरिदिन्छ -‘ बायोटेक्नोलजीजस्तो नवीन प्राविधिक विषय पढेर सुनौलो भविष्यको सपना सा“चेका यस विषयका २० जना र गोदावरीस्थित भ्यु भृकुटी होटलमा पढाइ भइरहेको होटल मेनेजमेन्टका विद्यार्थी यस्तै अन्योल र पीडाबीच अन्धकार भविष्यको भयले चिन्तित छन् ।

सम्बन्धनबिना सञ्चालित कार्यक्रमको जिम्मेवारी कलेज स्वयंले लिनुपर्ने पर्ूवाञ्चल विश्वविद्यालय विज्ञान संकायका डीन प्रदीप प्रधानले बताए । ‘त्यसको जोखिम हामी लिन सक्दैनौं । सम्बन्धन लिएपछि मात्र अध्यापन कार्यक्रम सुरु गर्नुपर्ने हो । हाम्रो तर्फाट हुने काम वैधानिकता पाएपछि मात्र हुन्छ । ‘त्यसअघि कलेजले के गर्छ, त्यसको जिम्मेवार हामी हु“दैनौं’- डीन प्रधानले विराटनगरबाट टेलिफोनमा दृष्टिलाई भने । त्यस्तै विश्वविद्यालयकै बायोटेक्नोलजी विषय समिति अध्यक्ष सानुदेवी जोशीले विश्वविद्यालयको नीति आफ्नो चासोको विषय नभएको बताइन् । ‘आवश्यक पर्ूवाधार र शर्तहरु पूरा गरेको देखिए विषय समितिले पास गर्ने हो’- जोशीले भनिन् ।

विद्यार्थीहरुले आफ्नो भविष्य सुनिश्चित हुनुपर्ने माग राखी कलेजका प्राचार्यलाई ज्ञापनपत्र दिने तयारी गर्दै छन् । विद्यार्थीहरुका अनुसार प्रयोगशालाबिना नै आजसम्मका कक्षाहरु सञ्चालन गरिएका छन् । साधन सम्पन्न प्रयोगशाला नभई यस्तो विषयको पढाइ प्रभावकारी नहुने सम्बन्धित विषय-विज्ञहरुको भनाइ छ । यस कलेजले भने खुमलटारमा निर्माणाधीन भवनमा विज्ञान प्रयोगशाला बनाइ“दै गरेको जानकारी दिएर भुलभुलैयामा पार्दै आएको छ । बायोटेकका विद्यार्थीबाट चार लाख ६० हजार रुपिया“ शुल्क असुल्ने गरिएको छ । होटल मेनेजमेन्टका २५ विद्यार्थीहरु पनि यसैगरी पीडित छन् । उनीहरु आफ्नो भविष्यमाथि खेलवाड गर्ने कलेजका सञ्चालकमाथि कारवाही हुनुपर्ने र आफ्नो शैक्षिक भविष्य सुनिश्चितताको माग राखी आन्दोलनमा उत्रने तयारी गरिरहेका छन् । यससम्बन्धी गुनासो शिक्षामन्त्री प्रदिप नेपालसम्म पुगिसकेको थाहा भएको छ ।

 

One Response to “यसरी असफल भयो ह्वाइटहाउसको कालो कर्तुत”

  1. Keshab Says:

    i hate this college’s business. it’s too…. much. The government should give punish. ra yestalai ta khareja garnu parchha.


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s