Gossip Nepal

Gossips from Nepal

दरबारमा अझै खेलाडीको डफ्फा July 28, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:54 am

राजाको ६०औं जन्मोत्सवका अवसरमा दिइएको भोजमा देशैभरिका राजावादीलाई निम्ता दिइए पनि सिन्धुपाल्चोकबाट भने सबैभन्दा ठूलो डप\mफा दरबार गएको थाहा भएको छ । राजालाई शुभकामना दिन मनोनीत जिविस पर्ूवसभापति नीलप्रसाद भण्डारी, उपसभापति दइन्द्रबहादुर ठकुरी संलग्न करिब पा“च सयको हुल नाराबाजी गर्दै एकैसाथ दरबार गएको थियो । तर, सो क्रममा खेलाडी, कलाकार र पर्ूवपञ्चहरूको नेतृत्व भने छुट्टाछुट्टै व्यक्तिले गरेका थिए ।

स्रोतका अनुसार वादोकाई करा“ते, जुडोका १ सय २५ जना खेलाडी आइतमान तामाङको नेतृत्वमा, घमेश दुलालको नेतृत्वमा प्रेमध्वज प्रधानसहित २७ जनाको गानाबजाना टोली दरबार गएको थियो । भोजमा सहभागी भएकाहरूस“ग राजाले ‘के छ, ठीक छ – भन्दै मुसुमुृसु मात्र हा“सिरहे,’ ठकुरीले भने ।

भोजमा सहभागी भएकाहरूले राजालाई पुष्पगुच्छा दिई टन्न भोज खाएर र्फकने क्रममा माओवादीको चुटाइ भेटेका थिए । कलाकार र खेलाडी समूह लामो समय उतै बसेका भए पनि भोज खानासाथ फर्केका कतिपय राजावादीले नया“बजारमा वाईसीएलको कुटाइ भेटे । कुटपिटबाट वाङ्चे शर्ेपा, बुङ्चो शर्ेपालगायत गोल्चेका सातजना घाइते भए ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s