Gossip Nepal

Gossips from Nepal

निर्मलनिवासमा शुक्रबारे भोजकाठमाडौं July 31, 2007

Filed under: Uncategorized — gossipnepal @ 3:44 am

काठमाडौं । निलम्बित राजा ज्ञानेन्द्रले सरकारलाई नै चुनौती दिदै आफ्नो हिरक जन्मोत्सवको अवसरमा भव्य भोज आयोजना गरेको महिना दिन नबित्दै गत शुक्रबार निर्मल निवासमा अर्को भोज सम्पन्न भएको छ । सो भोजको आयोजना भने राजा ज्ञानेन्द्रका छोरा पारसले गरेका थिए ।पारसले आप\mनो छोरा हृदयन्द्रको जन्मोत्सवको अवसरमा सो भोज आयोजना गरेका हुन् । हजुरबुबा राजा ज्ञानेन्द्रको तामझामका साथ आयोजना गरिएको भोजमा एकदमै कम व्यक्ति आएपछि नातिको भोजमा भने अलिक फरक रणनीति अख्तियार गरिएको थयो । भोजमा आउन सक्नेहरूलाई मात्र निमन्त्रणा कार्ड पठाइएको थियो र फोनबाट नै सहभागी हुनेहरूबारे कन्र्फम गरिएको थियो । भोजमा सहभागी प्रायः सबै राजावादी र केही पत्रकारहरू थिए । भोजमा सहभागी पत्रकारहरूको संयोजन कान्तिपुर टेलिभिजनका पत्रकार भूषण दाहालले गरेका थिए । अन्य सहभागीहरुमा समय साप्ताहिकका सम्पादक युवराज घिमिरे, एजेन्डा साप्ताहिकका सम्पादक सुरेश आचार्य, मनोरञ्जन जोशीलगायतका थिए ।भोजमा करिब ६ सय जनालाई आमन्त्रण गरिएको थियो र सो दिवाभोज बेलुकासम्म चलेको थियो । भोजमा राजारानी भने सहभागी भएनन् । उनीहरू एकछिन घुमेर फर्किएका थिए । निम्तालुहरूको सूची गोरख शमशेर, अविनेश शाह र राजीव शाहीले तयार पारेका थिए । उनीहरूबीच नै क-कसलाई बोलाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । भोजलाई सकेसम्म गोप्य राख्ने प्रयास गरिएको थियो । नारायणहिटीमा भोज आयोजना गर्दा त्यसले बढी चर्चा पाउने भएका कारण निर्मल निवासमा आयोजना गरिएको स्रोतले बताय

Advertisements
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s