Gossip Nepal

Gossips from Nepal

प्रचण्ड र “र” का एजेन्टबीच गोप्य सहमति July 31, 2007

Filed under: Uncategorized — gossipnepal @ 12:25 pm

पाचौं विस्तारित बैठकको पर्ूवसन्ध्यामा माओवादी अध्यक्ष प्रचण्डले भारतीय गुप्तचर संस्था ‘र’ का उच्च पदस्थ एजेन्टसग सीमावर्ती बजार सिलगुडीमा गुप्त मन्त्रणा गरेका छन् । ‘भारतसगको सम्बन्ध सुधार्ने उद्देश्य’ले भएको सो भेटघाटकै प्रतिफल माओवादी नेतृत्वले आसन्न पाचौं विस्तारित बैठकमा भारतप्रति नरम नीति अंगाल्ने प्रस्ताव प्रस्तुत गर्ने भएको छ ।स्रोतअनुसार सिलीगुडी वार्तामा प्रचण्ड, डा. बाबुराम भट्टर्राई, राम कार्की र प्रवास ब्यूरो इन्चार्ज हरिभक्त कडेल -प्रतीक) सहभागी थिए भने ‘र’का तर्फाट टि हर्वीसले प्रतिनिधित्व गरेका थिए ।प्रि

m तिब्बत गतिविधि नियन्त्रण गरिदिने प्रलोभन देखाएर नेपालको माओवादीले चीनसग घनिष्टता बढाउन थालेपछि चिन्तित भारतीय गुप्तचर संस्था ‘र’ र त्यहाको आन्तरिक सुरक्षा अंग आइबी -इन्टलीजेन्स ब्यूरो)ले समेत माओवादी नेतृत्वलाई अनेक ‘च्यानल’मार्फ् दबाब दिदै आएको थियो । केही दिनअघि मात्र नेपाल भ्रमणमा आएका भारतका पर्ूव विदेशसचिव श्यामशरण, भारतीय जनता पार्टर्ीी नेता यशवन्त सिन्हा, भाकपा -मार्क्सवादी)का नेता सिताराम यचुरी र प्राध्यापक एसडी मुनीले ‘माओवादीको बढ्दो चीनपरस्त नीति’प्रति गम्भीर चिन्ता जाहेर गरेको बुझिएको छ । पछिल्ला दिनमा भारतले सकारात्मक सहयोग गर्न छाडेपछि माओवादीले ‘चाइना कार्ड’को प्रयोग गर्दै आएको थियो । भारतलाई ‘साइजमा ल्याउन’कै लागि माओवादीभित्र भारतविरोधी अर्थात् ‘राष्ट्रवादी’ धारको सक्रियता बढेको छ । केही दिनअघि मात्र मोहन वैद्य -किरण), रामबहादुर थापा -बादल) र नेत्रविक्रम चन्द -विप्लव)सहितको समूहले भारत र दरबार दुवैसग एकसाथ संर्घष्ा चलाउने प्रस्ताव अघि सारेको छ ।माओवादीभित्र भारतविरोधी धार बलियो बन्दै गएपछि सशंकित भएको भारतले माओवादी उच्च नेतृत्वसग नयाचरणको संवाद थालेको हो । माओवादीले बाह्र बुदे समझदारीको पर्ूण्ा पालना गर्नुपर्ने अडान भारतको छ । बाह्र बुदे समझदारीमा ‘गणतन्त्र’ शब्द स्पष्टरुपमा किटान नगरिएको तर्क गर्दै भारतले संविधानसभा अगावै गणतन्त्र स्थापनाको बखेडा नझिक्न माओवादीलाई दबाब दिइरहेको छ । सिलगुडी वार्तामा पनि ‘र’ का एजेन्टले संविधानसभा अगावै गणतन्त्र स्थापनाको नारा त्याग्न माओवादी नेतृत्वलाई दबाब दिएको बुझिएको छ ।साउन ११ गते सा

झ ६ बजे काकडभिट्टा नाका हुदै सिलगुडी पुगेर भोलिपल्ट बिहान ८ बजे फर्किएका प्रचण्ड र बाबुरामले झापामा पत्रकारहरुसग ‘आफ्नो पार्टर्ीीरकारबाट नहट्ने’ खुलासा गरे । भारतीय पक्षसग भेट्नुअघि सरकारबाट हट्ने धम्की दिइरहेको माओवादीले एकाएक लचिलो धारणा व्यक्त गर्नुलाई अर्थपर्ूण्ा मानिएको छ । विश्वस्त सूत्रका अनुसार, ‘र’का एजेन्टले संविधानसभा निर्वाचनको तयारीमा लाग्न सल्लाह दिएपछि माओवादी पक्षले ‘हालकै अवस्थामा संविधानसभामा जाने हो भने अन्तरिम सरकारमा उपप्रधानमन्त्री पद आफूहरुलाई दिनुपर्ने’ शर्त राखेका थिए । जसप्रति भारतीय पक्ष सकारात्मक रहेको दाबी माओवादी सूत्रको छ । नेपालको राजनीतिमा भारतको प्रभाव आकलन गरिरहेका एक विज्ञका अनुसार प्रचण्ड र ‘र’ प्रतिनिधिवीच भएको भेटको असर चाडै नै देखापर्ने छ । भारतीय धार हावी भएमा अन्तरिम सरकारमा समेत हेरफेर हुने सम्भावनालाई नकार्न सकिन्न ।भारत-माओवादी नयागठबन्धन बमोजिम माओवादी उच्च नेतृत्वले पार्टर्ीी सशक्तरुपमा मुखरित हुन थालेको भारत विरोधी मोर्चालाई निस्तेज पार्ने कोसिस गर्नेछ । ‘र’ प्रतिनिधिसगको भेटमा प्रचण्डले यससम्बन्धी ‘गुरुमन्त्र’ थापेको बताइन्छ । प्रचण्ड र बाबुरामले पार्टर्ीी आफ्नो बहुमत हासिल गर्न र अन्तर्विरोध निस्तेज पार्न पाचौं विस्तारित बैठकमा केन्द्रीय समिति विस्तार गरी ३३ बाट दोब्बरसम्म पुर्‍याउन सक्ने बुझिएको छ । आफ्नो पकड मजबुत पार्न नेतृत्वले जुझारु नेता, कार्यकर्तालाई राजदूतलगायत अनेक प्रलोभन देखाइरहेका छन् । तर मोहन वैद्य, बादल र विप्लवले भने सिलगुडी वार्तामा नेतृत्व पक्ष भारतसग नतमस्तक भएको आरोप लगाइरहेका छन् । ‘भारतसग र्समर्पण गरेर नेतृत्वले सत्ता र पार्टर्ीी आफ्नो बर्चस्व राख्न खोजे पनि अब भारत र दरबार दुवैसग एकसाथ लड्नुको विकल्प छैन । राष्ट्रियता र गणतन्त्रका लागि नयाखाले दर्ीघकालीन जनयुद्ध गर्नैपर्छ ।’ मोहन वैद्य निकट सूत्रको दाबी छ । यसबारेमा सर्म्पर्क गर्न खोज्दा अधिकांश माओवादी नेताहरुको मोबाइल फोनको ‘स्वीचअफ’ थियो ।

Advertisements
 

One Response to “प्रचण्ड र “र” का एजेन्टबीच गोप्य सहमति”

  1. Pramendra Bhagat Says:

    I am not sure if you will publish this comment, but there is a Nepali who is doing internet fraud in New York City. This fuck* dude’s name is PRAMENDRA BHAGATYAT who once posted pages saying that he is the one who brought Democracy in Nepal. Would you belive it ?

    He talked about about something like web etc that only Nepalese Monkeys can use!

    He asked everyone to invest in his business that does not exist or may be it does and he told that the money would be returned after 15 days, probably after his death1!! ?

    Please delete this post if you find it inappropriate or direct.

    I am looking at these urls;

    http://www.geocities.com/jyotiou/
    there is no university by that name.

    As by American Law, this person can be put to trial / jail or deported back to his nation.

    a few days back, this dude claimed that he owned Jyoti INC, who told readers that a page was not available for search engines, requested people to invest in which the investment would be returned after 15 years, he also talked about his online university called Jyoti University. Wondering if anyone here knows if that university really exists. If not, by American law, he/she can be put to court!

    This is very sad that a NEPALI From Nepal is doing INTERNET FRAUD in AMERICA!

    He sayed his company was valued to $5 M and he hosts his site on a free server. LOL!
    http://www.geocities.com/paramendra/

    please study this man’s site and write. it’s all real no gosspis. It’s a bad to have a Nepali who is an INTERNET FRAUD; a bad stain for all of us; the NEPALESE


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s